Tune to BFM 91.2|Biratnagar

प्रसुतीगृहको शिलान्यास

विराटनगर २४ जेष्ठ ।कोशी अस्पतालले थप १ सय बेडको प्रसुतीगृह बनाउने भएको छ । आज एक कार्यक्रमका बीच प्रसुतीगृहको शिलान्यास गरिएको छ ।

कोशी अस्पताल परिसरमा रहेको १० कठ्ठा क्षेत्रफलमा बन्ने प्रसुतीगृहको सामाजिक विकास मन्त्री जीवन घिमिरे , विराटनगर महानगरका प्रमुख भीम पराजुली र कोशी अस्पताल निमित्त सुपरिटेन्डेन्ट संगिता मिश्रले संयुक्तरुपमा शिलान्यास गर्नुभएको छ ।
एक वर्षभित्रै भवन निर्माणको कार्य सम्पन्न गरेर सञ्चालनमा ल्याइने योजना अस्पतालको छ । अमेरिकन आर्मीको ११ करोडको सहयोगमा उक्त प्रसुतीगृह बन्न लागेको हो ।

अस्पतालको जिम्मेवारी सम्हाले देखिनै व्यवस्थापनको सुधारमा जुटेकी डांं मिश्राको हालैमात्रै परोपकार प्रसुति तथा स्त्री रोग अस्पताल काठमान्डौमा निर्देशकको जिम्मेवारी सम्हाल्नेगरी सरुवा भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button