Tune to BFM 91.2|Biratnagar

प्रसूती रोग विशेषज्ञ डाक्टर बालकृष्णको पुस्तक ‘आमा’ बिमोचन

विराटनगर, १४ वैशाख । चेतनाको कमीका कारण मृत्युको मुखमा पुगेका गर्भवती महिलालाई लक्षित गरी स्त्री तथा प्रसूती रोग विशेषज्ञ डाक्टर बालकृष्ण साहले लेखेको पुस्तक ‘आमा’ आज बिमोचन गरियो ।डाक्टर साहले लेखेको उक्त पुस्तकमा गर्भको तयारी वा योजना, गर्भावस्था, प्रसूती र सुत्केरी अवस्थाका बारेमा घर, परिवार, समाज र स्वयं महिलाले ध्यान दिनुपर्ने कुराहरुबाट खुलस्त लेखिएको छ ।

साहको जन्मदिनको अवसर पारेर लायन्स क्लब अफ विराटनगर हेल्थ प्रोफेसनलले आयोजना गरेको कार्यक्रममा विराटनगरकी उपमेयर इन्दीरा कार्की, नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष संजीव खनाल, एवीसी नेपालकी प्रदेश अध्यक्ष विष्णु शर्मालगायले पुस्तक विमोचन गर्नुभयो । विमोचन समारोहलाई सम्बोधन गर्दै उपमेयर इन्दिरा कार्कीले पुस्तक निकै नै उपयोगी रहेको बताउनुभयो । पुस्तकमा चिकित्सकीय हिसाबले के गर्ने, के नगर्ने, कुन अवस्था सामान्य, कुन अवस्था जटिल भनेर बुँदागत रुपमा चर्चा गरिएको छ ।

गर्भावस्थामा हुने विभिन्न शारीरिक जटिलता र त्यसको समाधानबारे पनि पुस्तकमा उल्लेख छ । मधुमेह, उच्च रक्तचापदेखि जटिल अवस्थामा कस्तो उपचार अपनाउने भनी जानकारी दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button