प्रस्तावित संघीय निजामती सेवा ऐनको विरोधमा कर्मचारी

0
113

२२ भदौ काठमाडौं । सरकारले ल्याउन लागेको संघीय निजामती सेवा ऐन २०७५ को विरोधमा निजामती कर्मचारीहरू उत्रेका छन्। । सो मस्यौदमा संशोधन नभए आफूहरू आन्दोलनमा जाने घोषणा उनीहरूले गरेका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अघिल्लो साता ऐनको मस्यौदमा मन्त्रिपरिषद्मा पठाएको छ । प्रस्तावित मस्यौदामा एकल ट्रेड युनियन राख्ने प्रावधान र ट्रेड युनियन अधिकार नायब सुब्बासम्मका कर्मचारीलाई मात्र दिने व्यवस्थाप्रति कर्मचारीहरूले आपत्ति जनाएका हुन् । सो मस्यौदा कार्यान्वयन भए हाल अस्तित्वमा रहेका ६ वटा कर्मचारी संगठन खारेज हुने छन् । यसैगरी ट्रेड युनियन अधिकार नायब सुब्बासम्मका कर्मचारीले मात्र पाउनेछन् । यसैगरी अधिकृत तह र अधिकृत तहभन्दा माथिका कर्मचारी ट्रेड युनियन अधिकारबाट बञ्चित हुनेछन्। ट्रेड युनियनको विषयमा हाल कामय रहेको व्यवस्था नहटाउन उनीहरू सरकारसँग माग राखेका छन्। हाल कार्यान्वयनमा रहेको निजामती सेवा ऐन २०४९मा पार्टीपिच्छे ट्रेड युनियन खोल्न अधिकार छ। यसैगरी अधिकृत तहसम्मका कर्मचारीले ट्रेड युनियन अधिकार पाउने प्रावधान ऐनमा छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here