Tune to BFM 91.2|Biratnagar

प्रहरीको हिरासतमा मृत्यु भएका युवकको छानवीनका लागि समिति गठन

विराटनगर, २४ असोज । सुनसरी प्रहरीको हिरासतमा मृत्यु भएका युवकको छानवीनका लागि समिति गठन गर्न पीडित पक्ष सहमत भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी महेश पोखरेलको संयोजकत्वमा छानवीन समिति गठन गर्ने र क्षतिपूर्तिको लागि गृह मन्त्रालयमा सिफारिश गर्ने सहमति भएपछि मृतक परिवारले शव बुझेर लगेका छन् ।

छानबिन समितिको संयोजकमा सहायक प्रजिअ महेश पोखरेल, जिल्ला प्रहरी कार्यालयका डिएसपी नरेन्द्र कार्की, भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष, इनरुवा, भोक्राहा नरसिंहका वडाध्यक्ष सदस्य छन् । प्रेम विवाह गरेका भोक्राहा नरसिंह गाउँपालिका ५ का २५ बर्षीय हकिव मियाँलाई प्रहरीले नियन्त्रणमा लिएर अभद्र व्यवहार मुद्दा चलाएको थियो ।

उनको हिरासतभित्रै पाशो लगाएको अवस्थामा शव भेटिएपछि सुनियोजितरुपमा हत्या भएको भन्दै आफन्तजन तथा स्थानीयले आईतबार प्रर्दशन गरेका थिए । जिल्ला प्रहरी कार्यालयअघि प्रर्दशनको क्रममा प्रहरीसँग झडपसमेत भएको थियो । प्रर्दशनकारीले इनरुवा बजार बन्द गराएका थिए भने पुर्वपश्चिम राजमार्ग पनि अवरुद्ध गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button