प्रहरीबाट रिहा भएलगत्तै विप्लव समूह परित्याग

0
90

विराटनगर, ३ बैशाख । प्रहरी हिरासतमा रहेका नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपामा आबद्ध तीन कार्यकर्ताले रिहा भएलगत्तै पार्टी परित्याग गरेका छन् । गएको चैत ११ गते भोजपुर जिल्लाको विभिन्न स्थानबाट टेम्केमैयुङ गाउँपालिका(४, नागिका सञ्जय राई, पौवादुङ्मा(३, च्याङ्गेका विकास किराती र साल्पासिलिचो–१ कुलुङ्गका महेन्द्र तामाङलाई प्रहरीले प्रक्राउ गरेको थियो । सञ्जय राई र महेन्द्र तामाङ्ग विप्लव समूहका जिल्ला कमिटि सदस्य हुन् भने विकास राई विद्यार्थी संगठनका अध्यक्ष रहेका थिए । प्रक्राउपछि प्रहरी हिरासतमा रहेका तीनैजनालाई जिल्ला प्रशासन कार्यलय भोजपुरले धरौटीमा रिहा गरेको हो । तीनै जनाले रिहा भएपछि पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

उनीहरुले आफूहरु पार्टीको साधारण सदस्य्समेत नरहने गरी पार्टी परित्याग गरेको प्रेस विज्ञप्तिमार्फत जनाएका छन् । विज्ञप्तिमा विगतका गतिविधि प्रति आत्मसमीक्षा गर्दै आउँदा दिनमा विप्लव समूहमा कुनै किसिमको आबद्धता नरहने प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ । साथै प्रतिबद्धता विपरीत गतिविधि गरेमा कानुन अनुसारको सजाय भोग्न तयार रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । उनीहरुलाई जिल्ला प्रशासन कार्यालय भोजपुरले जनही छ हजार धरौटी लिएर साधरण तारेखमा रिहा गरेको जनाइएको छ । प्रमुख जिल्ला अधिकारि नुरप्रसाद खतिवडाले तीनै जनाले निवेदनमार्फत पार्टी परित्याग गरेको जानकारी गराएको र आफूहरुले पनि निगरानी गरिरहेको बताउनुभयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here