Tune to BFM 91.2|Biratnagar

प्रहरीले अनावश्यक दुःख दिने गरेकोछ : ग्यास बिक्रेता महासंघ

विराटनगर, २६ वैशाख । नेपाल ग्यास बिक्रेता महासंघ प्रदेश–१ ले अत्यावश्यक सामग्रीका रुपमा रहेको ग्यासको बिक्री वितरणमा समस्या भएको जनाएको छ । सरकारले तोकेको समयमा स्वास्थ्य मापदण्ड पूरा गरेर बिक्री वितरण गर्दा पनि प्रहरी प्रशासनले अनावश्यक दुःख दिने गरेको महासंघले विज्ञप्तिमार्फत गुनासो गरेको छ ।

ग्यासको सिलिन्डर आयात, वितरण र भण्डारण गर्न र लोड अनलोडको गर्न अन्य सामग्रीको व्यवस्थापनमा भन्दा समय लाग्ने महासंघको ठहर छ । तर, लोड अनलोड भइरहेको अवस्थामा पनि प्रहरी प्रशासनले व्यवसायीहरुलाई हतोत्साहित हुने गरी दुव्र्यवहार हुने गरेको महासंघका प्रदेश अध्यक्ष सरलराज पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रहरी प्रशासनले व्यवसायीमाथि रुखो व्यवहार गरेको भन्दै महासंघले आपत्ति जनाएको छ । संकटको बेला पनि उपभोक्तालाई सहज रुपमा ग्यासको बिक्री वितरणमा महासंघ लागि परेको अध्यक्ष पोखरेलले बताउनुभयो । अत्यावश्यक सेवाअन्तर्गत परे पनि साग सब्जी, दूधसँग ग्यासको व्यवसायलाई तुलना गर्नु र सोही श्रेणीमा राखेर समय व्यवस्थापन गर्नु खेदजनक भएको उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button