Tune to BFM 91.2|Biratnagar

प्रहरीले चलाएको मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

विराटनगर, २५ वैशाख । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको कानेपोखरी गाउँपालिका–७ मा प्रहरी जवान खगेन्द्र कार्कीले चलाएको मोटरसाइकलको ठक्करबाट आज दिउँसो एक महिलाको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको कार्कीले चलाएको को २५ प ३८८९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा साइकल यात्री मोरङको बेलबारी नगरपालिका –८ घर भएकी ४९ वर्षीया शान्ति राजवंशीको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीले दुर्घटनामा परेर घाइते भएकी महिलाको उपचारका लागि मंगलबारे अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको जानकारी दिनु भयो । दुर्घटना गराउने धनकुटाको महालक्ष्मी नगरपालिका– ९ घर भएका २५ वर्षीय प्रहरी जवान कार्कीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको उहाँको भनाइ छ ।

कार्की सुनसरीको दुहवीस्थित दंगा नियन्त्रण प्रहरी गणमा कार्यरत थिए । डीएसपी गिरीका अनुसार पोशाकमै रहेका उनी झापा पुगेर गौरीगञ्जबाट आफन्तलाई लिएर बेलबारीतर्फ आउँदै थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button