प्रहरीले पक्राउको तयारी गरिरहँदा सिद्धबाबा आईसीयूमा भर्ना

0
88

विराटनगर, १५ मंसिर । सुनसरीको चतरास्थित आफ्नै आश्रममा महिला अनुयायीमाथि बलात्कार गरेको आरोप लगेका सिद्धबाबा कृष्णदासजी महाराज विराटनगरको विराट नर्सिङ होममा आईसीयूमा भर्ना हुनु भएको छ । घटना अनुसन्धानका लागि उहाँलाई पक्राउ गर्न प्रहरीको टोली सुनसरीबाट विराटनगर आउँदै गर्दा उहाँ भने आईसीयूमा भर्ना हुनु भएको हो । विराटनगर आएको डीएसपी विनोद शर्मा नेत्रृत्वको टोली उहाँलाई पक्राउ गर्ने कि नगर्ने भन्ने दोधारमा छ । गत कात्तिक ४ गते बलात्कार गरेको भन्दै एक महिला अनुयायीले प्रहरीमा उजुरी दिएकी थिइन् । सिद्धबाबा भने गत बिहीबारबाट विराटनगरको विराट नर्सिङ होममा उपचारका लागि भर्ना हुनु भएको थियो । उहाँलाई छात्ती, मुटु तथा प्रोस्टेट तथा मृर्गाैलाको पत्थरीले समस्या बनाएको अस्पतालले बताउँदै आएको थियो । गाइनो वार्डको ५ नम्बर डिलक्स रुममा राखेर उनको उपचार भइरहेको थियो । तर एकाएक मुटु र छात्तीमा समस्या बढेको भन्दै उनलाई आज बिहान ११ः३० बजे आईसीयूको १० नम्बर बेडमा भर्ना गरिएको अस्पतालका प्रशासन प्रमुख पदम विनारीले बताउनु भयो । बरिष्ठ मुटु रोग विशेषज्ञ डा. ज्ञानेन्द्र गिरी नेत्रृत्वको चिकित्सक टोलीले सिद्धबाबाको उपचार गरिरहेको छ । सिद्धबाबाले आफूमाथि गम्भीर षडयन्त्र भएको भन्दै आरोप अस्वीकार गर्नु भएको छ । उनले राष्ट्र र मानवहितका लागि चलाएको अभियानले सफलता प्राप्त गरिरहँदा आफूलाई ढलाउने आरोप लगाएर मर्माहत बनाएको बताउनु भएको थियो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here