Tune to BFM 91.2|Biratnagar

प्रहरी र मुसहरलाई मास्क, साबुन र ग्लोब्स् वितरण

विराटनगर, २१ चैत । विराट राजवंशी साँस्कृतिक पुस्तकालय, विराटनगर–१२ ले सशस्त्र प्रहरी, नेपाल प्रहरी र सीमान्तकृत मुसहर समुदायलाई मास्क, साबुन र ग्लोब्स् वितरण गरेको छ ।

विश्वव्यापी कोरोनाको भाइरसको संक्रमणको रोकथाम र नियन्त्रणका लागि सरकारले गरेको लकडाउनमा सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरी, नेपाल प्रहरी पनि सुरक्षित रहुन् भनेर सो सामग्री वितरण गरिएको हो ।

विराट साँस्कृतिक पुस्तकालयका अध्यक्ष कुशेश्वर विराट राजवंशी, सल्लाहकार रामसुन्दर विराट राजवंशी, अमिरलाल विराट राजवंशीले सो सामग्री वितरण गर्नुभएको थियो । पुस्तकालयले सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट बखरीका लागि प्रमुख सशस्त्र प्रहरी निरीक्षक हरि शाही, सशस्त्र प्रहरी सहायक निरीक्षक टीकाराम भुजेल एवम् प्रहरी चौकी बखरीका लागि प्रहरी सहायक निरीक्षक गणेशकुमार खत्रीलाई मास्क, साबुन र ग्लोब्स् वितरण गरेको अध्यक्ष राजवंशीले बताउनुभयो ।

यस्तै सो पुस्तकालयले विराटनगर–१२ का सीमान्तकृत मुसहर समुदायलाई कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि साबुन र मास्क वितरण गरेको जनाइएको छ । विराटनगर–१२ का चार मुसहर टोलमध्ये बिनाभद्रा टोल र सिमारिया बस्तीका मुसहर समुदायलाई साबुन र मास्क वितरण गरिएको जीतेन्द्र ऋषिदेवले जानकारी दिनुभयो ।

तीनै समूहलाई गरी जम्मा तीन–तीन सय थान साबुन र मास्क एवम् प्रहरीलाई दुई सय थान ग्लोब्स् वितरण गरिएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button