Tune to BFM 91.2|Biratnagar

प्रहरी र रेडियो सञ्चालकबीच छलफल

विराटनगर, २२ कात्तिक । प्रहरीले प्रदान गर्ने सेवालाई प्रभावकारी बनाउँदै जनेचतना जगाउन एफएम रेडियोसँगको सहकार्य आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् । प्रहरीसँगको छलफलमा रेडियो तथा एफएम सञ्चालकहरुले प्रहरीले प्रदान गर्ने सेवालाई प्रभावकारी बनाउन सहकार्यको आवश्यक रहेको बताएका छन ।

आज जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगरका रेडियो सञ्चालकहरुसँग छलफल गरेको छ । छलफलमा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले एफएम रेडियोको पहुँच ग्रामिण तहसँग हुने बताउँदै प्रहरीले प्रदान गर्ने सेवालाई प्रभावकारी बनाउन सहकार्यको आवश्यकता रहेको बताउनुभयो ।

छलफलमा सहभागि रेडियो सञ्चालकहरुले प्रहरी प्रदान गर्ने सेवालाई प्रभावकारी बनाउँदै जनचेतना जगाउन साप्ताहिक रुपमा रेडियो मार्फत प्रसारण गर्न सकिने बताएका छन । छलफलमा सहभागि ब्रोडकास्टिङ एसोसिएशन अफ नेपाल प्रदेश १ अध्यक्ष डाक्टर सन्देशदास श्रेष्ठले प्रहरीको सेवालाई प्रभावकारी बनाउने विषयमा छलफल भएको बताउनुभयो ।

ग्रामिण तहसम्म एफएम रेडियोको पहुँच हुने बताउँदै उहाले जनतालाई सचेत गराउनका निम्ती सहकार्य आवश्यक रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button