प्राज्ञिक विद्यार्थी परिषद्ले रक्तदान कार्यक्रम गर्ने

0
62

विराटनगर, १४ मंसिर । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले खुला रक्तदान कार्यक्रम गर्ने भएको छ । देशैभरी देखिएको रगत अभावलाई परिपुर्ती गर्ने उद्देश्यका साथ आफ्नो पच्चिसौँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गर्ने तय भएको हो । यहि मंसिर २४ गते देशका २५ ठाउँमा एकैसाथ कार्यक्रम हुने भएको छ । परिषद्को २५ औ स्थापनाा दिवसको अवसरमा २५ औ स्थानमा हुने रक्तदान कार्यक्रमबाट २ हजार ५ सय पिन्ट रगत संकलन गर्ने लक्ष्य राखिएको परिषद्का १ नं. प्रदेशका सचिव मनिप ओझाले जानकारी दिनुभयो । प्रदेश नं. १ माा हुने रक्तदान कार्यक्रमबाट पनि १५० पिन्ट रगत संकलन गर्ने लक्ष्य राखिएको प्रदेश १ का प्रदेश सचिव ओझाले जानकारी दिनुभयो । प्रदेश १ को रक्तदान कार्यक्रम विराटनगरको ट्राफिक चोकमा गरिने ओझाले बताउनुभयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here