प्राज्ञिक विद्यार्थी परिषदद्घारा पृथ्वीनारायण शाहको चर्चा

0
329

विराटनगर, २७ पुस । पृथ्वीनारायण शाहको २९८ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा प्राज्ञिक विद्यार्थी परिषद नेपालले देशैभर विभिन्न कार्यक्रम गरेका छ । यसै क्रममा प्राज्ञिक विद्यार्थी परिषद विराटनगर महानगर इकाईले पनि पृथ्वीनारायण शाहको २९८ औँ जन्मयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको छ । विराटनगरको होलिल्याण्ड स्कुलमा पृथ्वीनारायण शाहको बारेमा विद्यार्थीहरुलाई जानकारी गराई संकल्प गराइएको छ । कार्यक्रममा विद्यार्थीले पनि पृथ्वीनारायण शाहको बारेमा चर्चा गरेका थिए । उक्त कार्यक्रममा होलिल्याण्ड स्कुलका प्राचार्य डा. टुनराज भट्टराई, परिषदका प्रदेश संगठन सचिव राधेश्याम सेन्चुरीले पृथ्वीनारायण शाहले पुर्याएको योगदानको चर्चा गर्नुभएको थियो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here