Tune to BFM 91.2|Biratnagar

प्राणीशास्त्रीहरुको प्रथम राष्ट्रिय सम्मेलन

विराटनगर, १५ मंसिर । प्राणीशास्त्रीहरुको पहिलो राष्ट्रिय सम्मेलन शनिबारदेखि काठमाण्डौंमा जारी छ । सम्मेलनमा विभिन्न वैज्ञानिकहरुले कार्यपत्र प्रस्तुत गर्ने काम जारी रहेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले उद्घाटन गर्नुभएको सो सम्मेलनमा देश विदेशका गरी एक सय ५० भन्दा बढी प्राणीशास्त्रीहरुको सहभागिता रहेको छ ।

सम्मेलनको उद्घाटन गर्दै मन्त्री पोखरेलले प्राणी विज्ञानमा भएका अनुसन्धानहरुले देश विकासमा टेवा पुर्याउने धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटाले प्राणी वैज्ञानिकहरुलाई मूलधारमा ल्याई देशको समृद्धिमा परिचालन गरिनुपर्ने बताउनुभयो ।

त्रिभुवन विश्वविद्यालय प्राणीशास्त्र केन्द्रीय विभाग र एलुमुनाई एशोसिएनको आयोजना तथा विश्व संरक्षण संघ,विश्व वन्यजन्तु कोष, राष्ट्रिय प्रकृति संरक्षण कोषलगायतका संस्थाहरुको सहयोगमा चलिरहेको सो तीन दिवसीय सम्मेलनमा विभिन्न उपविधाहरुमा कार्यपत्र प्रस्तुत भइरहेका छन् ।

प्राणी शास्त्रका विदेशी एक दर्जनभन्दा बढी विज्ञहरुलगायत नेपालका सो क्षेत्रमा ख्यातिप्राप्त व्यक्तिहरुको समेत सहभागिता रहेको प्राणीशास्त्र केन्द्रीय विभागका प्रमुख प्राडा तेजबहादुर थापाले जानकारी दिनुभयो ।

भर्चुअल माध्यमबाट भइरहेको सो सम्मेलनबाट नेपालमा प्राणी विज्ञानको क्षेत्रमा गरिएका अनुसन्धानहरुको पञ्जीकरण हुने र यिनीहरुले देश विकासमा योगदान दिने विश्वास लिइएको सहभागीहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button