प्रितम आचार्यलाई वाल सदभावना दुत

0
219

इटहरी, २८ जेठ । सुनसरीको इटहरी उपमहानगरले चर्चित वाल गायक प्रितम आचार्यलाई वाल सदभावना दुत घोषणा गरेको छ । आज एक कार्यक्रमका विच कार्यवाहक प्रमुख लक्ष्मी गौतमले वाल सदभावना दुत घोषणा गरिएको पत्र प्रदान गर्नुभयो । प्रमुख प्रशासकीय अघिकृत केशव विमली र वडाध्यक्ष दिपक गौतमले माला र टोपी लगाइदिएर सम्मान गर्नुभएको थियो । वालगायक प्रितम आर्चायले आफू यो अवस्था सम्म आइपुग्न इटहरी उपमहानगरले पुरयाएको सहयोग र माया प्रति धन्यवाद दिनुभएको थियो । प्रितम आचार्य भारतीय टेलिभिजन जीटिभीको चर्चित रियालिटि सो सारेगम लिटिल च्याम्समा तेश्रो भएर हिजो इटहरी फर्किएका हुन ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here