प्रेमको प्रपञ्च रच्दै बालिका बलात्कार गर्ने पक्राउ

0
108

विराटनगर, २६ जेठ । प्रेमको प्रपञ्च रच्दै बिहे गर्ने झुटो आश्वासन दिएर बालिकामाथि बलात्कार गर्ने एक जनालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ । विराटनगर–१४ घर भएकी १६ वर्षीय बालिकामाथि बलात्कार गरेको अभियोगमा २५ वर्षीय विवेक भनिने दिब्य पोद्धारलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार विराटनगर महानगरपालिका–१२ घर भएका पोद्धार विराटनगर–१० स्थित सोमबारे हटिया नजिक डेरा बस्दै आएका थिए । प्रहरीका अनुसार पोद्धारले बिहे गर्छु भन्दै झुटो आश्वासन दिएर गत वैशाख १० गते बालिकालाई आफ्नै कोठामा लगेर बलात्कार गरेको खुलेको छ । प्रारम्भिक अनुसन्धानबाट पोद्धारबाट बालिका पीडित भएको देखिएको डीएसपी श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार पीडित परिवारबाट जाहेरी परेपछि पक्राउ गरिएका उनी विरुद्ध आज जबरजस्ती करणी ऐन अन्तर्गतको मुद्दा चलाउन जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ । पक्राउ परेका पोद्धारको ८ वर्ष अघि नै बिहे भइसकेको खुलेको प्रहरीको भनाइ छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here