प्रेस स्वतन्त्रता हनन्का घटना मान्य हुन्न ः कोइराला

0
98

विराटनगर, ३० वैशाख । लोकतन्त्रमा प्रेस स्वतन्त्रताको हनन्का घटना मान्य नहुने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ एवं सांसद सुजाता कोइरालाले बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसंगको संक्षिप्त कुराकानीका क्रममा नेतृ कोइरालाले प्रजातन्त्र ,लोकतन्त्र र गणतन्त्रको नेतृत्व र आवाजलाई बलियो बनाउने प्रेसमाथिको अंकुश आफूहरुलाई मान्य नहुने बताउनु भयो । दुईतिहाईको दम्भ देखाउँदै गएको सरकारले प्रेसमाथि अंकुश लगाउन नमिल्ने उहाँको भनाइ छ । नेतृ कोइरालाले संविधान कार्यान्वयनमा उन्मुख भइरहँदा सरकारको सानो सोच र मानसिकताले प्राप्त उपलब्धी गुम्ने खतरा रहेकोले त्यसतर्फ ध्यान दिन सरकारलाई आग्रह गर्नु भयो । उहाँले भन्नु भयो , ‘यतिबेला स–साना कुरामा अल्झिने भन्दा सबै दलबीच सहकार्य र सहमतिमा संविधान कार्यान्वयन गर्ने दिशामा सरकार र राजनीतिक दल जिम्मेवार हुन आवश्यक रहेको छ ।’ वर्तमान सरकार संघीयतालाई नियन्त्रण गर्ने प्रपञ्चबाट अगाडि बढेको आरोप लगाउँदै नेतृ कोइरालाले सरकारले संघीयतालाई नियन्त्रण गर्न खोजेको महसुस हुन थालेको र त्यसो भए त्यो सबैभन्दा दुर्भाग्य हुने बताउनु भयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here