Tune to BFM 91.2|Biratnagar

फर्म दर्ता तथा नविकरण सम्बन्धमा बनेको विधेयकमाथि शैद्धान्तिक छलफल

विराटनगर, ६फागुन । प्रदेश–१ को प्रदेशसभामा पेश गरिएको फर्म दर्ता तथा नविकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ माथिको शैद्धान्तिक छलफल सकिएको छ । आजको बैठकमा प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वासले शैद्धान्तिक छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जबाफ दिनुभएको थियो ।

उहाँकै विधेयकका सम्बनधमा सांसदहरूले उठाएका महत्वपूर्ण विषयलाई समेटिने बताउनुभयो । सैद्धान्तिक छलफलमा सांसदहरू चुमनारायण तवदार, विन्ध्या कार्की, विमल कार्कीलगायतले भाग लिनुभएको थियो ।

बैठकमा उपसभामुख सरस्वती पोखरेलले फर्म दर्ता तथा नविकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ को सैद्धान्तिक छलफल सकिएको बताउनुभयो । उक्त विधेयकमा संशोधन दर्ता गर्न चाहने सांसदहरूलाई संशोधन दर्ता गर्न ७२ घण्टाको समय दिंदै उपसभामुख पोखरेलले आजको बैठक सकिएको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button