फाल्गुनन्द गोल्डकप:आयोजकसँग मोरङ स्तव्ध

0
55

बिराटनगर २२ पुस आयोजक फिदिम स्पोर्टिङ क्लव पाँचथरको फिदिममा जारी १० औं फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताको क्वाटर फाइनमा प्रवेश गरेका छ ।आज (आइतवार) भएको खेलमा प्रतिश्प्र्धी मोरङ ११ लाई ० का बिरुद्ध १ गोलले हराँउदै आयोजक क्वार्टर फाइनलमा प्रवेश गरेको हो ।आयोजक टिमका तर्फवाट खेल शुरु भएको आठौं मिनेटमा १० नम्वर जर्सीधारी काछीले गरेको १ गोल नै निर्णायक बन्न पुग्यो ।आयोजकसँग मध्यान्तर पुर्व आक्रमक खेलेको मोरङले पाएका आधा दर्जन भन्दा धेरै अवसर गुमाउन पुग्दा मोरङले हार व्यहोर्नु पर्र्यो ।गोल पश्चात आयोजक टिमले भने खेल अवधि भरीनै रक्षात्मक खेलेको थियो ।मोरङका तर्फवाट मिलन धिमाल,भुवन वस्नेत र सुमन राइले फ्रि किकमा पाएका अवसर पनि गोल पोष्टमा ठोक्किएर बाहिरिँदा मोरङ थप स्तव्ध बन्यो ।आजको खेलमा आयोजक टिमका प्रविन जवेगू म्यान अफ दि म्याच घोषित हुँदै १० हजार नगद सहित पुरस्कृत भए ।भोली झापा ११ र एपिएफ फुटवल क्लव काठमाण्डौ विच प्रतिश्पर्धा हुने आयोजकले जनाएको छ ।फिदिम स्पोर्टिङ क्लव र पाँचथर जिल्ला फुटवल संघले आयोजना गरेको १० औं रुष्लान फाल्गुनन्द गोल्डकपमा यसवर्ष नेपालका ३ विभागीय र १ भारतीय सहित ए डिभिजनका १० टिम सहभागी थिए । जसमध्ये ताप्लेजुङ र मोरङ पहिलो चरण वाटै वाहिरिएका छन ।नेपालका १६ औं विभूती फाल्गुनन्द लिङदेनको स्मृतिमा आयोजित प्रतियोगिताका विजेताले नगद ४ लाख र उप विजेताले २ लाख सहित ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन । प्रतियोगिता अखिल नेपाल फुटवल संघको वार्षिक क्यालेन्डर अनुसार सञ्चालन हुँदै आएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here