फाल्गुनन्द गोल्डकप ः दार्जिलिङले ब्वाइज युनियनलाइ हरायो

0
120

पाँचथर, २६ पुुस । रोयल फुटवल क्लव दार्जिलिङ फाल्गुनन्द गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा व्वाइज युनियनलाई २–० गोल अन्तरले हराँउदै दार्जिलिङले १० औं रुष्लान फाल्गुनन्द गोल्डकपको सेमी फाइनल यात्रा सुरक्षित गरेको हो । दार्जिलिङका तर्फवाट करण राईले २ गोल गरेका थिए । खेल शुरु भएको १६ औं मिनेटमा १ गोल गर्दै खाता खोलेका उनले मध्यान्तर पछि ७४ औं मिनेटमा दोस्रो गोल गर्दै टिमको जीत सुनिश्चित गरे । आजको खेलमा राईलाई नै म्यान अफ दि म्याच घोषणा गर्दै नगद १० हजार सहित पुरस्कृत गरियो । प्रतियोगिता अन्र्तगत भोली पहिलो सेमीफाइनलमा सरस्वती क्लव काठमाण्डौ र झापा ११ विच खेल हुने आयोजकले जनाएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here