फाल्गुनन्द गोल्डकप : आर्मी फाइनलमा

0
49

पाँचथर, २८ पुस । विभागीय टोली त्रिभुवन आर्मी क्लव पाँचथरको फिदिममा जारी फाल्गुनन्द गोल्डकपको उपाधि नजिक पुगेको छ । अन्तिम सेमीफाइनल खेलमा रोयल फुटवल क्लव दार्जिलिङलाई २–१ गोल अन्तरले पराजित गर्दै आर्मी उपाधि नजिक पुगेको हो । आर्मीका तर्फवाट खेल शुरु भएको १६ औं मिनेटमै राजेश पौडेलले १ गोल गरेका थिए । जवाफमा आर्मीका सिद्धान्त क्षेत्रीले २१ आंै मिनेटमा गोल फर्काउदै आफ्नो टिमलाई वरावरीमा पुर्याए । त्यसपछि दुवै टिमले अन्तिम क्षणसम्म वरावरीमा खेले । ९० औं मिनेटमा आर्मीका एरिक बिष्टले गरेको गोल नै निर्णायक बन्यो । आजको खेलमा बिष्टलाई नै म्यान अफ दि म्याच घोषित गरियो । आर्मीले पुस ३० गते फाल्गुनन्द गोल्डकपको उपाधीका लागि झापा ११ सँगे भिड्ने छ । प्रतियोगिताका विजेताले नगद ४ लाख उप विजेताले २ लाख सहित ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले बताएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here