Tune to BFM 91.2|Biratnagar

फुड बैंक सञ्चालन

विराटनगर, १९ चैत । लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ ए वानले आजदेखि फुड बैंक सञ्चालनमा ल्याएको छ ।

लकडाउनको अवधिमा दैनिक श्रमका आधारमा रोजीरोटी गरि खाने समुदाय भोकभोकै बस्ने अवस्था सृजना भएपछि पीडितलाई राहत उपलब्ध गराउन फुड बैंक संचालनमा ल्याइएको लायन्स राहत समिति पुर्व क्षेत्र संयोजक रेबतबहादुर कार्कीले बताउनुभयो ।

वैङ्कले लकडाउनका कारण विपन्न समुदायलाई खाद्यान्न अभावको सङ्कट समाधान गर्ने छ । फुड बैंकले पहिलो चरणमा विराटनगर महानगरपालिकाका एक हजार घर परिवारलाई खाद्यान्न सहितका अन्य सामाग्रि उपलब्ध गराउने कार्कीले जानकारी दिनु भयो ।

लायन्स क्लब अफ विराटनगर एक्टीभ र लायन्स क्लब अफ विराटनगर डाइनोले आवश्यक खाद्यान्न उपलब्ध गराएपछि एक हजार परिवारलाई प्रति परिवार १० केजी चामल सहित, दाल, चिउरा, भुजा, चिनी, खानेतेल, नुन, चाउचाउ र बिस्कुट लगायतका खाद्यान्न वितरण गर्न लागिएको हो ।

विराटनगर महानगरपालिकासँगको समन्वयमा खाद्यान्न वितरण गरिने कार्कीले बताउनु भयो । फुड बैंकले लायन्स क्लब आबद्ध विभिन्न भातृ संस्था तथा मनकारी सहयोगीहरुबाट सहयोग सङ्कलन गरी आवश्यक ब्यक्तिलाई वितरण गर्ने छ । लायन्स क्लबले सञ्ंचालन गरेको फुड बैंकमा सहयोग गर्ने इच्छुक दाताहरुलाई कार्कीले अपील गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button