Tune to BFM 91.2|Biratnagar

फोटोग्राफर बोलाएर सामग्री चोरी गर्ने दुई जना पक्राउ

विराटनगर, २ माघ । पोखराबाट फोटो खिच्नभन्दै फोटोग्राफर बोलाएर सामग्री चोरी गर्ने दुई जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको अर्जुनधारा नगरपालिका–६ महानन्द चोकका २० वर्षीय अनुप ढकाल र सारांश भट्टराई रहेका छन् ।

अनुपले पोखरा महानगरपालिका–२० मा योर डिजिटल फोटो स्टुडियो चलाएर बसेका २८ वर्षीय विमल कार्कीलाई फोनमार्फत फोटो खिच्नका लागिभन्दै विराटनगर बोलाएको खुलेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताउनु भयो । आफूहरुले विराटनगरमा भब्य ‘फेसन सो’ आयोजना गरेकोभन्दै त्यसको फोटो खिचिदिन आग्रह गरेर अनुपले विमललाई पोखरादेखि बोलाएको उहाँको भनाइ छ ।

राईकाअनुसार अनुपले विराटनगर आउनलाई बाटो खर्चभन्दै पुस २४ गते ई–सेवामार्फत चार हजार रुपैयाँ पनि विमललाई पठाइदिएका थिए । पेश्कीवापतको रकम पाएकै भोलिपल्ट पुस २५ गते पोखराबाट आएका विमाललाई मोरङको बूढीगंगा–१ स्थित आरएन होटल एण्ड लजको ११४ नम्बर कोठामा राखिएको थियो । अनुपले होटलको कोठामा फोटोग्राफीसम्बन्धी सम्पूर्ण सामाग्री राख्न लगाएर विमललाई खाना खाने बहानामा इटहरीमा रहेको प्राइम होटलमा लगेको डीएसपी राईले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button