बजेट अधिवेशनमा तीन विधेयक ल्याउँदै प्रदेश १ सरकार

0
154

विराटनगर, १ जेठ । प्रदेश एक सरकारले आगामी बजेट अधिवेशनमा तीन विधेयक ल्याउने तयारी पूरा गरेको छ । प्रदेश १ सचिवको जिम्मेवारी सम्हाल्ने क्रममा विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आज आयोजित परिचयात्मक कार्यक्रममा प्रदेश सचिव सुरेश अधिकारीले प्रदेश लोकसेवा आयोग, प्रदेश निजामती विधेयक, र क्षमता विकास प्रतिष्ठान विधेयक ल्याउने जानकारी दिनु भयो । हाल प्रदेशमा आठ सय कर्मचारीको दरबन्दी कमी रहेको बताउँदै अधिकारीले प्रदेशमा एक हजार चार सय कर्मचारी कार्यरत रहेको स्पस्ट पार्नु भयो । उहाँले भने, ‘प्रदेशमा दुई हजार चार सय कर्मचारी दरबन्दी रहेको छ । अझै ८ सयको संख्यामा कर्मचारी अपुग रहेको छ । त्यसैका लागि प्रदेश लोकसेवा आयोग विधेयकलाई पूर्णता दिने तयारीमा छौ ।’ सो क्रममा प्रदेश सचिव अधिकारीले प्रदेशमा सञ्चालित ठूला विकास निर्माण सडक, सिंचाई र खानेपानी लगायतका निर्माणको अनुगमन, सम्वन्वय कायम गर्ने गरी आर्थिक अनुशासनसँगै साथै वेरुजु नियन्त्रण गर्नु पर्ने चुनौति रहेको बताउनु भयो । पत्रकारसँगको परिचयात्मक कार्यक्रमका क्रममा उहाँले यस वर्ष पूँजीगत खर्च २० प्रतिशत मात्र हुनुमा कर्मचारीको कमी, संघीय कार्यालय हस्तान्तरणमा ढिलाई हुनु लगायतका कारण रहेको स्पस्ट पार्नु भयो । आउँदो वर्षको बजेट साउन महिनामा वोलपत्रको आव्हान गरी विकास निर्माण लगायत अन्य क्षेत्रमा ८० प्रतिशत पूँजीगत खर्च कार्यान्वयन गर्ने जानकारी दिँदै प्रदेश सचिव अधिकारीले चैत वैशाखसम्ममा खर्च गर्ने कार्यलाई निरुत्साहित गरिने दाबी गर्नु भयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here