Tune to BFM 91.2|Biratnagar

बढि शुल्क फिर्ता हुनु पर्ने माग

विराटनगर, २ माघ । नोबेल मेडिकल क्लेज विराटनगरमा १२ औं ब्याचमा अध्ययनरत एमवीवीएसका विद्यार्थीहरु कलेजले तोकिएको भन्दा बढि शुल्क उठाएको भन्दै आन्दोलित भएका छन ।०७४/७५ सालमा भर्ना भएका १२ औं ब्याचका ३७ जना विद्यार्थीहरुले प्रति विद्यार्थी ४२ लाख तिर्नुपर्नेमा अहिले सम्म ४९ लाख ९० हजार भन्दा बढी शुल्क तिरी सकेकोले बढी तिरिसकेको शुल्क फिर्ता हुनु पर्ने माग गरेका छन ।

चिकित्सा शिक्षा आयोगले विद्यार्थीका लागि ४२ लाख ४५ हजार शुल्क तोके पनि नोबेल मेडिकल कलेजले ४९ लाख ९० हजार भन्दा बढी शुल्क लिदै आएको विद्यार्थीहरुले बताएका छन । विद्यार्थीहरुले बढी लिएको शुल्क फिर्ताको गर्नु पर्ने बिषयमा काठमाडौ विश्व विद्याालय र जिल्ला प्रशासन कार्यालयमा समेत जानकारी गराई सकेपनि त्यहा बाट कुनै किसिमको जानकारी नआएको र आज भोलि गर्दै आलटाल गर्दै आएको गुनासो गरेका छन । शुल्क फिर्ताको माग गर्दै जिल्ला प्रशासन कार्यालय मोरङका पुगेका विद्यार्थीहरुलाई प्रशासनले भने आइतबार बोलाएको छ ।

प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले उक्त बिषयको बारेमा सहायक प्रमुख जिल्ला अधिकारीले अध्ययन गरिरहनु भएकोले अहिले उहाँ बाहिर गएको अवस्था रहेको बताउदै आइतबार दुबै पक्षलाई बेलाएर लिएको शुल्क फिर्ता गराउने जानकारी दिनुभयो ।प्रजिअ निरौलाले बढि शुल्क लिइएको विद्यार्थीको गुनासोका विषयमा कलेजलाई जानकारी मागिएपनि जवाफ नआएकोले आइतबार प्रशासनमा बोलाइएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button