बर्जुमा ८ सय बढीको स्वास्थ्य परिक्षण

0
104

विराटनगर, २६ असार । सुनसरीको बर्जुमा आयोजना गरिएको स्वास्थ्य शिविरमा ८ सय बढीको स्वास्थ्य परिक्षण गरिएको छ । बर्जु गाउँपालिकाका विभिन्न स्थानमा गरिएको स्वास्थ्य शिविरमा ८ सय २५ जनाको स्वास्थ्य परिक्षण गरिएको हो । विराट मेडिकल कलेज टिचिङ हस्पीटलको प्राविधिक सहयोगमा अमाहीबेल्हाको सरस्वती आधारभुत विद्यालयमा आज गरिएको स्वास्थ्य शिविरमा २ सय २१ जनाको स्वास्थ्य परिक्षण गरिएको छ । शिविरमा जनरल फिजिसियन, स्त्री तथा प्रसुती सेवा, बाल रोग, हाडजोर्नी तथा नशा सम्बन्धि सेवा विशेषज्ञ चिकित्सकहरुद्वारा सेवा प्रदान गरिएको थियो । स्वास्थ्य परिक्षण पछि निःशुल्क औषधी बितरण गरिएको गाउँपालिकाले जनाएको छ । यस्तै गत मंगलबार चिमडीमा गरिएको स्वास्थ्य शिविरमा २ सय ६१ जनाको र गत असार २२ गते रामसीता माविमा गरिएको शिविरमा ३ सय ५३ जना स्वास्थ्य परिक्षण गरिएको आयोजकले जनाएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here