बलात्कार आरोप लागेका कृष्ण गिरीलाई चार दिनको म्याद थप

0
55

विराटनगर, १६ मंसिर । बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई अदालतले चार दिनको म्याद थप गरेको छ । जिल्ला अदालत सुनसरीले बलात्कार मुद्धामा अनुसन्धानका लागि चार दिन म्याद थप गरेको हो । म्याद थपपछि उनलाई उपचारका लागि विराट नर्सिङ होम विराटनगरमा ल्याईएको छ । अदालतले गिरीलाई अस्पतालमै राख्न आदेश दिएको हो । नर्सिङ होममै उपचाररत उनलाई आज बिहान सुनसरी प्रहरीले नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माको नेतृत्वमा खटिएको प्रहरीको टोलीले उनलाइ पक्राउ गरेको हो । सिद्धबाबा कृष्णदास महराज भनिने गिरी गत बिहीबारदेखि छाती, मुटु तथा प्रोस्टेट तथा मिर्गाैलाको पत्थरीको उपचारका लागि अस्पतालमा भर्ना भएका थिए । उनलाई व्हिल चेयरमा राखेर अदालत पुर्याइएको थियो । महिला अनुयायीले गत कात्तिक ४ गते सिद्धबाबाले बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिएका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here