बस र टेम्पु एकापसमा ठोक्किँदा एकको मृत्यु

0
214

बिराटनगर १ फागुन। पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिका–५ स्थित सडकमा आज बिहान स्कूल बस र टेम्पु एकापसमा ठोक्किँदा एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।पूर्वबाट पश्चिमतर्फ जाँदै गएको ना ४ ख ४९०४ नम्बरको स्कूल बस र विपरीत दिशाबाट आउँदै गरेको ना ३ च ३४२० नम्बरको टेम्पु एकापसमा ठोक्किँदा टेम्पुमा सवार मिर्चैया नगरपालिका–२ निवासी २७ वर्षीय वीरेन्द्र साहको मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक सुकदेव खनालले जानकारी दिनुभयो । सोही दुर्घटनामा परी गम्भीर घाइते एकको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक खनालले बताउनुभयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here