बस र ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

0
64

विराटनगर, १० जेष्ठ । सिरहाको मिर्चैया नजिक मेनरोड सडकखण्डमा गएराति बस र ट्रक ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा २५ जना घाइते भएका छन् । पूर्वबाट काठमाडौं आउँदै गरेको ना. ८ ख ९८२ नम्बरको बस र पश्चिमबाट पूर्वतर्फ गइरहेको ना. ३ ख ४२६४ नम्बरको ट्रक आपसमा ठोक्किएर दुर्घटना भएको हो । घाइतेहरुको जिल्लाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । मृतक दुवैको सनाखत हुन नसकेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here