बस र म्याजिक भेन ठोक्किएर दुर्घटना हुँदा एकको मृत्यु, २४ घाइते

0
338

विराटनगर, २ साउन । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको पथरीशनिश्चरे नगरपालिका–१० शिविर डाँडामा बस र म्याजिक भेन ठोक्किएर भएको दुर्घटनामा परेर एक जना पुरुषको मृत्यु भएको छ । आज विहान ९ बजेर १० मिनेट जाँदा भएको दुर्घटनामा २४ जना घाइते भएका छन् । घाइते मध्ये दुई जनाको अवस्था गम्भीर छ । इलाका प्रहरी कार्यालय पथरीका डीएसपी लक्ष्मीराज अधिकारीका अनुसार घटनास्थलमै मृत्यु भएका पुरुष र घाइते हुने अन्यको परिचय खुल्न सकेको छैन । बसले किचिरहेको अवस्थामा एक जनाको शव निकालेर पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारे अस्पताल लगिएको उहाँले बताउनु भयो । अधिकारीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख ४८४२ नम्बरको बस र दक्षिणबाट राजमार्गमा निस्कँदै गरेको मे १ च ५३९१ नम्बरको पिकअप भेन ठोक्किंदा दुर्घटना भएको हो । बस मोरङको रमाइलोबाट काँकडभिट्टातर्फ गइरहेको थियो । डीएसपी अधिकारीका अनुसार तत्काल घटनास्थलमा पुगेर प्रहरी टोलीले घाइतेहरुलाई उद्धार गरेर पथरी अस्पतालमा उपचारका लागि भर्ना गरेको थियो । पथरीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगरको नोबेल शिक्षण र न्युरो लगायतका अस्पताल पठाइएको उहाँको भनाइ छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here