बहिराहरुलाई जीवनउपयोगी सिप सहित दोभाषेको व्यवस्था

0
40

विराटनगर, २१ मंसिर । बहिरा ब्यक्तिहरुको सहजताका लागि विराटनगर महानगरपालिकाले विषेश कार्यक्रम ल्याउने भएको छ । बहिराहरुको सहयोगीको रुपमा काम गरिरहेको राष्ट्रिय सांकेतिक भाषा दोभाषे संघ नेपालको आज विराटनगरमा आयोजित आठौ साधारणसभामा बोल्दै महानगरका प्रमुख भीम पराजुलीले बहिरा ब्यक्तिहरुका विषयमा महानगरले जीवनउपयोगी कार्यक्रम ल्याउने बताउनु भयो । दोभाषेको अभावमा बहिरा ब्यक्तिहरुको भोगिरहेको कठिनाइलाई समेत महानगरले अन्त्य गर्ने पराजुलीले बताउनु भयो । महानगरमा दोभाषेको नियुक्ति र जीवन उपयोगी सिपका कार्यक्रमहरु महानगरले ल्याउन लागेको जानकारी समेत दिनु भयो । कार्यक्रममा राष्ट्रिय बहिरा महासंघका केन्द्रिय अध्यक्ष केदारप्रसाद अधिकारीले अधिकार प्राप्तिका लागि सवै बहिरा ब्यक्तिहरु लाग्न आबश्यक भएको बताउनु भयो । देशभरका झण्डै ५ लाख बहिराहरुका लागि जीवनउपयोगी शिक्षा आबश्यक भएको अधिकारीले बताउनु भयो । बहिराहरुलाई अबसर चाहिएकाले सरकारका सवै तहले सहयोग गर्न आबश्यक भएको अधिकारीको भनाइ थियो । कोशी बहिरा संघको समन्वयमा विराटनगरमा जारी राष्ट्रिय सांकेतिक भाषा दोभाषे संघ नेपालले दुइदिन सम्म बहिरा ब्यक्तिहरुलाई नयाँ विकास भएका शब्दहरुका बारेमा जानकारी दिने दोभाषे सन्तोषी तिवारीले जानकारी दिनु भयो । बहिराहरुले पहिले २२ सय शब्दहरु बोल्दै आएकोमा अहिले ४७ सय नयाँ शब्दहरु विकास भएको र सोको बारेमा जानकारी दिइने छ । कार्यक्रममा दोभाषे संघकी शिलु शर्मा ,कोशी बहिरा संघका अध्यक्ष चेतबहादुर बराल, विराट बहिरा माविका व्यवस्थापन समितिका अध्यक्ष रमेशचन्द्र पौडेल लगायतले बोल्नु भएको थियो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here