Tune to BFM 91.2|Biratnagar

बहुमत जोगाउने मुख्यमन्त्री आचार्यको दाबी

विराटनगर, १० भदौ । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले बहुमत जोगाउने दाबी गर्नुभएको छ । ९२ सदस्यीय प्रदेशसभामा हाल एमालेको ५१ अर्थात प्रष्ट बहुमत छ । तर एमाले विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीमा कति सांसद जान्छन् टुंगो छैन । यदि ६ भन्दा बढी एमाले सांसद एकीकृत समाजवादीतिर गए मुख्यमन्त्री आचार्य अल्पमतमा पर्नुहुनेछ ।

नवनियुक्त मुख्यमन्त्री आचार्यले भने प्रदेशसभामा एमालेकै बहुमत कायम राख्ने दाबी गर्नुभएको छ । आज मुख्यमन्त्रीको शपथ लिएपछि सञ्चारकर्मीहरुलाई छोटो प्रतिक्रिया दिनुभएका आचार्यले भन्नुभयोे, ‘लोकतन्त्र, विकास र स्थायित्व पक्षधर दलहरुसँग कुरा गर्छाैं । र, आफ्नै संख्या (बहुमत) पनि पुर्याउँछौं ।’ उहाँले छिट्टै मन्त्रिपरिषद विस्तार गर्ने समेत बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button