Tune to BFM 91.2|Biratnagar

बाख्रा खरिद र वितरणमा कमजोरी भएको स्वीकार

विराटनगर, १६ जेठ । मोरङको बेलबारी नगरपालिकाले बोयर जातको बाख्रा खरिद र वितरणमा कमजोरी भएको स्वीकार गरेको छ ।सामाजिक सञ्जालमा विरोध भएपछि नगरपालिकाले कमजोरी स्वीकार गरेको हो ।

बोयर जातका बाख्रा खरिद तथा वितरण प्रक्रियामा कमजोरी भएको, अस्ट्रेलियन भनेर अन्य जातको बोयर बाख्रा ल्याएको, पहुँचका भरमा आफ्ना मान्छेलाई वितरण गरिएको भन्दै सामाजिक सञ्जालमा व्यापक विरोध भएको थियो । नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदी कार्यपालिकाको बोर्ड बैठकले निर्णय नै गरेर अस्ट्रेलियन बोयर बाख्रा ल्याउने निर्णयअनुसारको टेण्डर प्रक्रियामार्फत बाख्रा ल्याउने काम भएकोे बताउनुभयो ।

बाख्रा ल्याउने संस्थालाई छानबिन गरेर कडा कारबाही गरिने उहाँले बताउनुभयो । मेयर सुवेदीले बाख्रा उपलब्ध गराउने कम्पनीले उपलब्ध गराएका कागजातको जाँच गर्न निर्देशन दिइसकेको जानकारी दिनुभयो । बेलबारी नगरपालिकाले किसानहरूलाई बोयर जातको बाख्रा वितरण गरेको थियो । एक करोड २५ लाख मूल्य बराबरको अस्ट्रेलियाबाट चार्टर गरी ल्याइएको ९२ वटा बोयर बाख्रा किसानहरूलाई वितरण गरिएको थियो ।

बाख्रा अस्ट्रेलियन कम्पनी ग्रो हर्गानिक प्रा.लिले टेन्डर विट गरेर अर्को अस्ट्रेलिया संस्था, बोयर गोट व्रिडर एसोसियसनसँगको सहकार्यमा बाख्रा ल्याइएको नगरपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button