Tune to BFM 91.2|Biratnagar

बाख्रा प्रकरणको छानबिन समिति

विराटनगर २७ जेठ । मोरङको बेलबारी नगरपालिकाकी उपप्रमुख ढाकाकुमारी पराजुलीले नगरपालिकाले बोरय बाख्रा प्रकरणको छानबिन गर्न गठन गरेको छानबिन समितिमा बस्न अस्वीकार गर्नुभएको छ ।नगरपालिकाको २४ गते बसेको कार्यपालिकाको बोर्डले सत्य तथ्य छानबिन गरी सात दिनमा कार्यपालिकाको बैठकमा पेस गर्ने गरी उपप्रमुखको संयोजकत्वमा सात सदस्सीय छानबिन समिति गठन गरेको थियो । ‘

तर कार्यव्यस्थता र स्वास्थ्यको कारण देखाउँदै आफू समितिमा बसेर काम गर्न असमर्थ रहेको भन्दै उपप्रमुख पराजुलीले नगरपालिकाले गठन गरेको उक्त समितिको संयोजक पद अस्वीकार गर्नुभएको हो । उपप्रमुखले आफ्नो कार्यव्यस्थता वा स्वास्थ्यको कारण देखाए छानबिन समितिको संयोजक पद अस्वीकार गरेको बताए पनि केहीले भने यसलाई राजनीतिको संज्ञा दिएका छन् । यसलाई केन्द्रको राजनैतिक टकरावको प्रतिफलको रूपमा लिएका छन् । नगरप्रमुख ज्ञानेन्द्र सुवेदी नेपाल पक्ष निकट मानिनुहुन्छ भने उपप्रमुख पराजुलीले ओलीनिकट मानिनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button