Tune to BFM 91.2|Biratnagar

बाढीपहिरो तथा डुबान पीडितका लागि विशेष प्याकेजको घोषणा गरिने : प्रधानमन्त्री देउवा

विराटनगर, ७ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरो तथा डुबान पीडितका लागि विशेष प्याकेजको घोषणा गर्ने बताउनु भएको छ ।

आज प्रदेश १ को बाढीपहिरो ग्रस्त क्षेत्रको अवलोकनका क्रममा इटहरी पुगेका प्रधानमन्त्री देउवाले विशेष गरी किसानहरूको बाली नष्ट भएको उल्लेख गर्दै विशेष राहत प्याकेजको घोषणा गर्ने बताउनु भएको हो । उहाँले बेमौसमी वर्षाका कारण देशभर आएको अविरल वर्षापछिको बाढी र पहिरोले ठूलो क्षति गरेको बताउनुभयो । प्रधानमन्त्री देउवाले खेतमा पाकेर घर भित्र्याउने बेला भएको धानबालीमा वर्षा र बाढीपहिरोले धेरै क्षति गरेको भन्दै सबैभन्दा पहिला गास, बास र किसानहरूको पीडामा मल्हम लगाउने काम सरकारले गर्ने बताउनुभयो । ‘अहिलेको अवस्था बुझेको छु, काठमाडौं गएर छिट्टै राहत प्याकेज घोषणा गर्नेछौं, साधन स्रोत मागेरै भए पनि अहिलेको अवस्थामा पीडितहरूलाई सहयोग जुटाउँछौं’, उहाँले भन्नुभयो ।

उहाँले बाढीपहिरोले ठूलो क्षति पुर्याएको बताउनुभयो । ‘हामी पीडितलाई ऋण लिएर भए पनि वासस्थानको र खानको लागि व्यवस्था गर्नेर्छाैं, सरकारको पहिलो प्राथमिकता भनेकै यही हो, अहिले धानबालीमा धेरै क्षति भएको छ, त्यो समस्यालाई समाधान गर्नका लागि पनि हामी किसानलाई ऋण उपलब्ध गराउँछौुं, प्रधानमन्त्री देउवाले भन्नुभयो । प्रधानमन्त्री देउवाले बाढीपहिरो पीडितको उद्धार तथा राहत कार्यमा जुटने काम गरेकोमा सुरक्षाकर्मीहरूको समेत प्रशंशा गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button