बाढीले बगायो लाखौंका माछा

0
183

विराटनगर, २९ असार । वर्षासँगै आएको बाढीले सुनसरीको बर्जु गाँउपालिकामा रहेको विराट लक्ष्मी कृषि माछा फार्मबाट लाखौं मूल्य बराबरको माछा बगाएको छ । सुनसरी–मोरङ सिँचाई आयोजनाको नहर फुटेर ढल र लेदोसहित आएको बाढीले फार्ममा पालिएका माछा बगाउँदा २७ लाख बढीको क्षति भएको फार्मका सञ्चालक प्रतिक ढकालले बताउनु भयो । ७ बिघा क्षेत्रमामा रहेका ११ वटा पोखरीमा लेदोसहितको बाढी पसेर क्षति पुर्याएको उहाँको भनाइ छ । ढकालका अनुसार माछाका साना भुरा १२ लाख, ठूला ६ लाख तथा माछाका दान र भुसी गरेर ९ लाख ६० हजार बराबरको क्षति छ । ‘२०७४ सालमा बाढीले पनि फार्ममा ठूलो क्षति गरेको थियो,’ उहाँले भन्नु भयो, ‘फेरि यस वर्ष पनि यहि घटना दोहोरियो ।’ मोरङको विराटनगर महानगरपालिकासहित कटहरी र जहदा गाउँपालिकामा पनि गाउँ पसेका खोलाले माछा पोखरीमा ठूलो क्षति पुर्याएको छ । विभिन्न ठाउँमा रहेका माछा फार्मममा क्षति पुर्याउँदा ठूलो नोक्सानी बेहोर्नु परेको कृषकहरुले बताएका छन् ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here