Tune to BFM 91.2|Biratnagar

बाढी पहिरो, डुवानबारे सरकारको ध्यानाकर्षण

विराटनगर,८ साउन । प्रदेश १ प्रदेशसभाको बैठकमा सांसदहरुले बाढी पहिरो र डुवानबाट उत्पन्न समस्या तथा भुतपुर्व गोरखा सैनिकहरुले पाईरहेको सामाजिक सुरक्षा भत्ता कटौतीको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

पुर्व गोर्खा सैनिकहरुले पाउने सामाजिक सुरक्षा भत्ता कटौती गर्ने संघीय सरकारको निर्णय खारेज गर्नुपर्ने मागलाई केही दिनदेखि प्रदेशसभा सदस्यहरुले उठाउँदै आएका छन् ।आज प्रदेशसभा बैठकको शुन्य समयमा बोल्दै नेकपा सांसद उमिता विश्वकर्माले सरकारले वृद्धभत्ता कटौती गरेर विभेद गरेको भन्दै उक्त निर्णय तत्काल खारेज गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘विदेशमा बसेर पनि नेपाल र नेपालीको सेवा गर्नुभएका गोरखा सैनिकहरुले पाईरहनुभएको वृद्ध भत्ता कटौती गरेर विभेद गर्नुहुँदेन ।’सांसद गोपालचन्द्र बुढाथोकीले झापाको क्षेत्र नं. १ अन्तर्गत बुद्धशान्ति गाउँपालिकाको वार्ड नं. ७ स्थित सुनवाई भन्ने ठाउँमा गत साउन ५ गते अविरल बर्षाका कारण आएको पहिरोमा परि प्रदेश सरकारको जनता आवास कार्यक्रम अन्र्तगत निर्माण गरिएको घरका ६ जना सदस्यहरुमध्ये २ जना गम्भीर घाईते भएको र सोही घरमा पाहुना बस्न आएका निजका १६ बर्षीय भान्जा बिबेक बिकको घटनास्थलमै मृत्यु भएको जानकारी गराउनुहुँदै क्षतिपुर्तिका प्रदेश सरकारसँग माग गर्नुभयो ।

उहाँले धान रोपाई अन्तिम चरणमा हुँदा किसानहरुलाई समयमै खाद्यमल उपलब्ध गराउन प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद यशोदा अधिकारीले देशमा मौलाउँदै गएको भष्ट्रचारलाई नियन्त्रण गर्न तथा प्रदेशबासीलाई सुशासनको अनुभुति दिलाउन प्रदेश सरकारको दीर्घकालीन योजना माग गर्दै प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद राजकुमार ओझाले ४० जना क्षमता भएको बालसुधार गृहमा १ सय ३० देखि ४० जनासम्म राखिएको विषय औल्याउँदै त्यसको व्यवस्थापनमा ध्यान पुर्याउन प्रदेश सरकारलाई आग्रह गर्नुभयो ।

सांसद बसन्त कुमार बानियाले नेपालकै होचो भु–भागको रुपमा रहेको झापाको कचनकवल गाउँपालिका अधिकांश भाग सीमानामै रहेको मेची नदीको जलस्तर बढेसँगै डुबानमा परेको जानकारी गराउनुभयो ।

उहाँले प्रदेश सरकारको जनता आवास कार्यक्रमको कार्यविद्यिलाई परिवर्तन गरेर त्यस क्षेत्रमा बसोबास गर्ने गरिब, निमुखा तथा आदिवासी जनजाति समुदायका नागरिकका लागी सुरक्षित ढङ्गले आवास निमार्ण गरिदिन प्रदेश सरकारसँग माग गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button