बाढी पिडितलाई सहयोग जुटाउन प्रदेश प्रमुखको आग्रह

0
58

विराटनगर २८ असार । प्रदेश न. ं१ का प्रदेश प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङले केही दिनदेखी परेको अविरल बर्षा र त्यसले पुर्याएको जनधनको क्षत्ति प्रति दुख प्रकट गर्नु भएको छ । आज प्रेस विज्ञप्ति प्रकाशित गर्दै बर्षा र पहिरोले ज्यान गुमाएका , वेपत्ता भएका र घरवारविहिन परिवारजनमा शोक प्रकट गर्दै त्यस्ता परिवारमा मानवीय संवेदनसिलता देखाउदै सहयोग गर्न सवैपक्षसँग अपिल गर्नु भएको छ । बाढी, पहिरोले प्रदेश न .१ उच्च जोखिममा परेको बताउदै उनले विज्ञप्तिमा पिडित परिवारलाई तत्कालै राहत र सहयोग जुटाई मानवीय कार्यमा जुटन आग्रह सवैपक्षसँग गर्नु भएको छ । पहाडी क्षेत्र पहिरोको चपेटामा र तराई डुवानले प्रभावित भएको उल्लेख गर्दै प्रभावित क्षेत्रका सबैमा उच्च सर्तकर्ता अपनाउन पनि उहाँले सुझाव दिनुभयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here