बाढी र डुबानको मौकामा धमाधम तस्करी

विराटनगर, २९ असार । सुरक्षाकर्मी बाढी र डुबानबाट पीडित भएकाको उद्धारमा व्यस्त भएको मौका छोपेर भारतबाट धमाधम सामान तस्करी भइरहेको पाइएको छ ।

सुरक्षाकर्मीले सीमा क्षेत्रमा विशेष ध्यान पुर्याउन नभ्याएको मौका छोप्दै तस्कर भने भन्सार छली गरेर अवैध रुपमा सामान कटाउन व्यस्त छन् । भारतबाट मोटरसाइकलमा तस्करी गरेर ल्याउँदै गरेको कपडा मोरङको जहदा गाउँपालिका–१ बुधनगरबाट इलाका प्रहरी कार्यालय बुधनगरको टोलीले नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाले को ३८ प ६६३९ नम्बरको मोटरसाइकलमा राखेर ल्याउँदै गरेको कपडा बरामद गरिएको जानकारी दिनु भयो ।

उहाँकाअनुसार आइतबार साँझ बरामद गरिएको महिलाले लगाउने एक सय १९ थान कपडा ३७ हजार मूल्य बराबरको छ । कपडा तस्करीमा संलग्न व्यक्ति प्रहरीलाई देख्न साथ मोटरसाइकल र कपडा छाडेर भागेका थिए । प्रहरीकाअनुसार कपडा र मोटरसाइकल भने आवश्यक कारबाहीका लागि आज विराटनगर भन्सार कार्यालयमा बुझाइएको छ ।

मोरङ प्रहरी प्रमुख एसपी सन्तोश खड्काको निर्देशनमा तस्करीलाई शून्यमा झार्ने गरी नेपाल–भारत सीमा क्षेत्रमा प्रहरीले निगरानी बढाएर कडाई थालेको छ । एसपी खड्का तस्करी नियन्त्रणमा आफै सक्रिय भएर लाग्नु भएको छ ।

उहाँकै निर्देशनमा भारततर्फ मरिच र मटरको तस्करी गर्दै आएका विराटनगर महानगरपालिका–१५ का ३९ वर्षीय रामजी मण्डललाई प्रहरीले गत शुक्रबारराति पक्राउ गरेर अभद्र व्यवहार मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button