Tune to BFM 91.2|Biratnagar

बाबुले रोकेको ट्याक्टरले किचेर छोराको मृत्यु

विराटनगर, १५ पुस । मोरङको केराबारी गाउँपालिका–६ बुद्धचोकमा बाबुले रोकेर राखेको ट्याक्टरले किचेर नाबालक छोराको मृत्यु भएको छ । बाबुले बारीमा रोकेर राखेको को १ त ७५११ नम्बरको ट्याक्टरले किचेर जितेन तामाङका ३ वर्षीय छोरा पासाङ तामाङको मृत्यु भएको हो ।

प्रहरीका अनुसार जितेनले ट्याक्टर आफ्नै बारीमा रोकेर राखेका थिए । खेल्दै पुगेका बालबालिकाले गिअर चलाउँदा गुडेर अगाडि बढेको ट्याक्टरले भुइँमा खेलिरहेका उनकै छोरालाई किचेको हो ।

ट्याक्टरले किचेर गम्भीर घाइते भएका बालकको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा हिजो दिउँसो ३ः३० बजेतिर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाले बताउनु भयाये । उहाँका अनुसार घटनापछि ट्याक्टर र जितेनलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button