Tune to BFM 91.2|Biratnagar

बालअधिकार सुनिश्चित गर्न सवैको सहयोग आवस्यक : मन्त्री घिमिरे

विराटनगर, ५ मंसिर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले बाल अधिकार संवन्धि नेपाल सरकारले गरेको प्रतिबद्धता पुरा गर्न प्रदेश सरकार संकल्पबद्ध रहेको बताउनु भएको छ ।

नेपालले संयुक्त राष्ट्रसंघको बाल अधिकार संवन्धि महासन्धि १९८९ लाई अनुमोदन गरेको ३१ बर्ष पुरा भएको बताउनुहुँदै मन्त्री घिमिरेले बालअधिकार संवन्धि धेरै राष्ट्रिय तथा अन्र्तराष्ट्रिय प्रतिबद्धता जाहेर भएको र प्रतिबद्धता पुरा प्रदेश सरकार संकल्पबद्ध रहेको बताउनुभएको हो । अन्र्तराष्ट्रिय बाल अधिकार दिवसको अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै उहाँले प्रदेश सरकारले बालबालिकाको हक हितका लागि प्रादेशिक बालबालिका ऐन जारी गरि सकेको बताउनुभयो ।

मन्त्री घिमिरेले बालबालिकाको अधिकार सुनिश्चित गर्न सवैको साथ सहयोग आवस्यक रहेकोमा जोड दिनुभयो । अन्र्तराष्ट्रिय बाल अधिकार दिवसको अवसरमा शुभकामना सन्देश दिनुहुँदै सामाजिक विकास राज्य मन्त्री जसमाया गजमेरले बालबालिकाको अधिकार सुनिश्चित गर्नु सवैको कर्तव्य भएको बताउनुभयो ।

बालबालिका सडकमा बस्नु नपरोस भनेर उनीहरुको उद्धार, संरक्षण र पुर्नमिलनको काम प्रदेश सरकारले गरिरहेको राज्यमन्त्री गजमेरले बताउनुभयो । बालअधिकार र बालबालिकाको सुरक्षाका लागि बालबालिकाको क्षेत्रमा कार्यरत संस्था व्यक्तिसँग सहकार्य गर्न प्रदेश सरकार तयार रहेको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button