बालदिवसमा न्यूरोको छुट योजना
विराटनगर, ४ मंसिर । अन्तराष्ट्रिय बाल दिवसको अवसरमा न्यूरो हस्पिटल विराटनगरले विशेष छुट दिने भएको छ । हस्पिटलले आजदेखि लागू हुने गरि पाँच दिन विशेष छुट योजना ल्याएको हो ।
मंसिर ४ देखि ८ गतेसम्म अस्पतालमा उपचारका लागि आउने बालवालिकाहरूको लागि विशेष छुट योजना ल्याएको अस्पतालका अस्पताल निर्देशक इन्जिनियर रञ्जितराज बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार पाँच दिन सम्म अस्पताल आउने विरामीको ओपीडि निःशुल्क हुनेछ ।
यस्तै अस्पताल आएका बाल वालिकाहरूको ल्याबमा स्वास्थ्य परीक्षण गरिनु परेको खण्डमा ५० प्रतिशत सम्म छुट रहेको छ ।