बालबालिकाकालाई शैक्षिक सामाग्री वितरण

0
131

विराटनगर, २९ चैत । विश्व बालश्रम विरुद्धको दिवसको अवसरमा आज मोरंगका ५ वटा स्थानीय तहका झण्डै चार दर्जन बालबालिकाकालाई शैक्षिक सामाग्री सहयोग गरिएको छ । विराटनगर १९ वैजनाथपुर, कटहरी ५ र ६, ग्रामथान १ र २ , हरैचा र बुढीगंगा ६ र ७ का १४ बर्ष मुनीका ४३ जना बाल श्रमिकलाई शैक्षिक सामाग्री वितरण गरिएको हो । बल्र्ड भिजन इन्टरनेशनलसँगको सहकार्यमा नारी विकास संघ विराटनगरले ग्रामथान १ लखन्तरीमा आज एक कार्यक्रमको आयोजना गरि शैक्षिक सामाग्री वितरण गरेको हो । बालबालिकालाई विद्यालय पोशाक, व्याग, कापी एक दर्जन र एक प्याकेट डटपेन वितरण गरिएको नारी विकास संघ विराटनगरकी कार्यक्रम संयोजक सरिता अधिकारीले बताउनुभयो । बाल श्रमबाट मुक्त भएको र पुन ः विद्यालय भर्ना भएका बालबालिकालाई शैक्षिक सहयोग गरिएको उहाँले बताउनुभयो । बालबालिकालाई ग्रामथान १ का वडाध्यक्ष नमोनारायण माझीले शैक्षिक सामाग्री वितरण गर्नुभएको थियो । ८ वटा वडामा गत जनवरीमा गरिएको अध्ययनमा २ सय ६ जना बालश्रमिक भेटिएको नारी विकास संघकी कार्यक्रम संयोजक अधिकारीले बताउनुभयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here