बालबालिकालाई नयाँ कपडा सहयोग
विराटनगर , ९ कात्तिक । विराटनगरमा रहेका विपन्न वर्गलाई हाम्रो नेपाल, स्वस्थ नेपाल“ संस्थाले राहत सामाग्री तथा बालबालिकाहरुलाई नयाँ कपडा सहयोग गरेको छ ।
“दौतरी(फ्रेन्ड्स फर फ्युचर“ सँगको सहकार्यमा संस्थाले विराटनगरको जहदा क्षेत्रमा रहेका १ सया १० जना विपन्न परिवारका सदस्यहरुलाई राहत तथा ६५ जना बालबालिकाहरुलाई नयाँ कपडा वितरण गरेको हो सो क्षेत्रका १८० परिवारमा सहयोग गर्ने योजना रहेको र बाँकि ६० परिवारलाइ चाँडै सहयोग उपलब्ध गराउने संस्थाका अध्यक्ष उत्सव यादवले जानकारी दिनु भयो ।