Tune to BFM 91.2|Biratnagar

बालबालिका संवन्धि योजना निर्माण गरि कार्यन्वयन गर्न मोरङका जनप्रतिनिधिहरु सहमत

विराटनग, ९ फागुन । स्थानीय तहमा बालबालिका संवन्धि योजना निर्माण गरि कार्यन्वयन गर्न मोरङका स्थानीय तहका प्रमुख÷उपप्रमुखहरु सहमत भएका छन् ।

बालबालिका संवन्धि कार्यविधि, नीति, रणनीतिक योजना निर्माण गरि कार्यन्वयन गर्न उनीहरुले सहमति जनाएका हुन । जिल्ला समन्वय समिति मोरङको आयोजना, राष्ट्रिय बाल अधिकार परिषद्को सहजीकरण तथा मानव अधिकार मञ्च र साझा सवालका लागि साझा मञ्च (कोकन)को व्यवस्थापनमा आईतबार विराटनगरमा गरिएको जिल्ला स्तरिय छलफल कार्यक्रममा स्थानीय तहका प्रमुख÷उपप्रमुखहरुले बालबालिका संवन्धि ऐन २०७५ ले व्यवस्था गरेको प्रावधानलाई कार्यन्वयन गर्न प्रतिबद्ध रहेको उनीहरुले बताएका छन् । उनीहरुले बालअधिकार सुनिश्चितताका लागि संघीय, प्रदेश र स्थानीय सरकार र सरोकारवालावीच समन्वय गरिने बताएका छन् ।

कार्यक्रममा मिक्लाजुङ गाउँपालिकाका प्रमुख देवीप्रसाद आचार्यले बालबालिका संवन्धि कार्यविधि बनाएर काम गरिरहेको बताउनुभयो । उनले मोरङको उत्तरपुर्वका ६ वटा स्थानीय तहका प्रमुखहरुवीच बालबालिका संवन्धि कार्यहरु गर्दा समन्वय गरेर गर्ने गरिएको समेत बताए । विराटनगर महानगरपालिका उपप्रमुख इन्दिरा कार्कीले महानगरपालिकाले बालबालिकालाई प्राथमिकतामा राखेर काम गरेको बताउनुभयो ।

राष्ट्रिय बाल अधिकार परिषद्का समन्वय अधिकृत सुमन अधिकारीले बालबालिका संवन्धि ऐनमा भएका व्यवस्थाहरु ऋझैपनि स्थानीय तहहरुले कार्यन्वयन गर्न नसकेको बताउनुभयो । उहाँले स्थानीय तहमा बाल अधिकार समिति, बाल कोष, बाल कल्याण अधिकारी हुनु पर्ने व्यवस्थालाई कार्यन्वयनका लागि बाल अधिकार परिषद्ले काम गरिरहेको बताउनुभयो । कोकन अध्यक्ष मञ्जिता उपाध्यायले स्थानीय तहहरुले बालबालिकाको सहभागितासँगै क्षमता विकासमा पनि ध्यान दिनुपर्ने बताउनुभयो ।

जिल्ला स्तरिय कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नरेश पोखरेल, स्थानीय तहका प्रमुख÷उपप्रमुखहरु, प्रमुख प्रशासकीय अधिकृतहरु, अधिकारकर्मी लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button