बालमैत्री नगर घोषणा गरिने

0
72

विराटनगर, ५ कात्तिक । मोरङको लेटाङ नगरपालिकालाई २०७७ साल पुससम्ममा बालमैत्री नगर घोषणा गरिने भएको छ । लेटाङ नगरपालिकाको आयोजनामा सम्पन्न बालमैत्री स्थानिय शासन अबलम्बन तथा घोषणासम्बन्धी २ दिने अभिमुखिकरण कार्यक्रममा यस्तो घोषणा गरिएको हो । लेटाङ नगरपालिका क्षेत्रका बिद्यालय, बाल क्लब, संघसंस्थाका प्रतिनिधि, स्वास्थ्य स्वयम्सेबिका, जनप्रतिनिधि तथा कर्मचारीहरुको लागि दुईदिने अभिमुखिकरण कार्यक्रम संचालन गरिएको थियो । कार्ययोजनालाई कार्यान्वयन प्रक्रियामा लैजान तथा तोकिएकै समयमा बालमैत्री नगर घोषणा गर्नको लागि सामूहिक रुपमा हस्ताक्षर समेत गरिएको थियो । कार्यक्रममा नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी निरौलाले आगामी बर्षको पुससम्ममा बालमैत्री नगरपालिका घोषणाको लागि बजेट बिनियोजन गरेर अघि बढ्ने जानकारी दिनुभयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here