Tune to BFM 91.2|Biratnagar

बालविवाह बिरुद्ध अन्र्तक्रिया

विराटनगर, २ चैत । बालविवाह बिरुद्ध तथा अनलाइन संरक्षण सम्बन्धि जिल्ला स्तरिय अन्र्तक्रिया सुनसरीको इनरुवामा सम्पन्न भएको छ ।

साझा सवालका लागि साझा मञ्चको आयोजना प्लान इन्टरनेशनल नेपालको सहकार्यमा सञ्चालित बालिका संरक्षण परियोजना अन्तर्गत बालविवाह बिरुद्ध तथा अनलाइन संरक्षण सम्बन्धि जिल्ला स्तरिय अन्र्तक्रियामा बालविवाहको अवस्था, बालविवाह बिरुद्ध रेफरल प्रणालीको पहिचान र सुदृढीकरण तथा बालविवाह बिरुद्ध राष्ट्रिय, प्रदेश तथा स्थानीय तहको सरकारको नीति,ऐन नियमको जानकारी तथा अन लाइनबाट बालबालिकालाई कसरी संरक्षण गर्ने भन्ने विषयमा छलफल भएको कोकनकी अध्यक्ष मञ्जीता उपाध्यायले बताउनुभयो ।

कार्यक्रममा गढी गाउँपालिकाकी उपाध्यक्ष राजकुमारी चौधरीले बाल विवाह गर्ने गराउने समस्या गाउँमा यथावत रहेको बताउनुभयो । उहाँले गढी गाउँपालिकाले २०७८ साल भित्र बालविवाह मुक्त गाउँपालिका घोषणा गरिने लक्ष्य अनुसार काम गरिरहेको बताउनुभयो ।

कार्यक्रमको सहजीकरण सामाजिक विकास मन्त्रालयका कानुनी सल्लाहकार कोषराज न्यौपानेले गर्नु भएको थियो । कार्यक्रममा प्लान इन्टरनेशनल नेपालका एरिया म्यानेजर कलावती चोङबाङ, बाल संरक्षण संयोजक रुपा उदास लगायतले बोल्नु भएको थियो । कार्यक्रममा वालविवाह विरुद्ध संघिय, प्रदेश तथा स्थानीय सरकारले गर्नुपर्ने कार्यहरुको विषयमा समुह छलफल गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button