Tune to BFM 91.2|Biratnagar

बालविवाह रोक्ने धार्मिक तथा सामाजिक अगुवाहरुको प्रतिबद्धता

विराटनगर, ३ चैत । सुनसरीको रामधुनीका धार्मिक तथा सामाजिक अगुवाहरुले बाल विवाह रोक्ने प्रतिबद्धता जनाएका छन् । उनीहरुले २० वर्ष पुरा नभई विवाह नगर्ने र विवाह गरिए बहिस्कार गर्ने लिखित प्रतिबद्धता जनाएका छन् ।

प्लान नेपालको सहयोग र रामधुनी नगरपालिकाको समन्वयमा साझा सवालका लागि साझा मञ्च (कोकन) विराटनगरले आज आयोजनाको गरेको सामाजिक तथा धार्मिक अगुवाहरुसँग बालविवाह विरुद्धको अन्र्तक्रिया कार्यक्रममा अगुवाहरुले सो प्रतिबद्धता जनाएका हुन ।

उनीहरुले कानुनी प्रावधानका बारेमा पूर्ण जानकारी नहुँदा बालविवाह गराईरहेपनि अवदेखि नगर्ने बताएका छन् । रामधुनी नगरपालिकाले चैत महिना भित्रमा बालमैत्री नगर घोषणा गर्ने तयारी अनुसार आज धार्मिक तथा सामाजिक अगुवाहरुसँग कार्यक्रम गरिएको नगर उपप्रमुख सविना चौधरीले बताउनुभयो ।

नगरमा मागि भन्दा पनि भागी विवाह चुनौति रहेको उपप्रमुख चौधरीको भनाई छ । बालमैत्री नगरका लागि आवस्यक सूचकहरु पुरा हुँदै गएको नगरका बालमैत्री फोकल पर्सन हर्षलाल चौधरीले बताउनुभयो । उहाँले नगरको सम्पूर्ण ध्यान बालमैैत्रीमा केन्द्रित रहेको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button