Tune to BFM 91.2|Biratnagar

बालिकालाई बलात्कार गर्ने गडेरी थुनामा

विराटनगर, २८ जेठ । ‘मर्निङ वाक’ निस्किएकी बालिकालाई बलात्कार गर्ने विराटनगर महानगरपालिका–४ का २४ वर्षीय वीरेन भनिने वीरेन्द्रकुमार गडेरी (पाल)लाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

न्यायाधीश किशोर घिमिरेको इजलासले मंगलबार साँझ थुनामा राखेर मुद्दाको बाँकी अनुसन्धान अघि बढाउन आदेश दिएको अदालतका सूचना अधिकारी युवराज पौडेलले बताउनु भयो । यही जेठ ३ गते साथीसँग ‘मर्निङ वाक’ निस्किएकी विराटनगर–५ की १४ वर्षीया बालिका बलात्कृत भएकी थिइन् ।

बलात्कारपछि बालिकालाई छाडेर भाग्दै गरेको अवस्थामा स्थानीय बासिन्दाले नियन्त्रणमा लिएर गडेरीलाई प्रहरीको जिम्मा लगाएका थिए । प्रहरीले गडेरी विरुद्ध जवरजस्ती करणी मुद्दा चलाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button