Tune to BFM 91.2|Biratnagar

बालिका बलात्कार आरोपमा पूर्व भारतीय सैनिक पक्राउ

विराटनगर, २४ भदौ । मोरङको सुन्दरहरैंचा नगरपालिका–४ घर भएका अवकाश प्राप्त (पूर्व) भारतीय सैनिक ५४ वर्षीय उमेश नेपाललाई प्रहरीले बालिका बलात्कारको आरोपमा पक्राउ गरेको छ ।

अभिभावकसँग आफ्नै घरमा भाडामा बस्ने १५ वर्षीया बालिकालाई दुई वर्षदेखि बलात्कार गरिरहेको आरोप उनीमाथि छ । प्रहरीले पक्राउ गर्दै आज नेपालविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन म्याद थप गरेर घटनाको अनुसन्धान अघि बढाएको छ । दुई वर्षदेखि आफूमाथि बलात्कार गरिरहेको कुरा बालिकाले हिजो साँझ सुनाएपछि अभिभावकले प्रहरीमा आज किटानी जाहेरी दिएका छन् ।

त्यही जाहेरीका आधारमा नेपाललाई पक्राउ गर्दै कारबाहीअघि बढाउन अनुसन्धान थालिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताउनु भयो । बालिकाका परिवार चार वर्षदेखि नेपालको घरमा भाडामा बस्दै आएका छन् ।

प्रहरीका अनुसार अभिभावक नभएको मौकामा आफूमाथि घरकै कोठा, होटल र बाटोमासमेत बलात्कार हुने गरेको बालिकाले बताएकी छन् । तर कसैलाई सुनाएमा ज्यान मार्ने धम्की दिएपछि बालिकाले घटनालाई गुपचुप राखेको र अतिनै भएपछि अभिभावकलाई सुनाएको पाइएको एसपी खड्काले बताउनु भयो ।

पछिल्लो केही समयदेखि मसँग बिहे गर्नु पर्छ भनेर नेपालले बारम्बार दबाब दिन थालेपछि बालिकाले बलात्कारको घटना अभिभावकलाई सुनाएको पाइएको प्रहरीको भनाइ छ । भारतीय सेनामा कार्यरत उनले २०६४ सालमा अवकाश पाएका हुन् ।

अवकाश पाएपछि भने नेपालले घरमै बसेर जग्गा कारोबार गर्ने गरेको प्रहरीले जनाएको छ । त्यस्तै मोरङको केराबारीबाट पनि १५ वर्षीया बालिकामाथि बलात्कार प्रयोग गरेको अभियोगमा एक जनालाई गयराति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा केराबारी गाउँपालिका–७ का ४२ वर्षीय शुक्रबहादुर नेम्वाङ रहेका छन् । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकाल नेतृत्वको टोलीले नेम्वाङलाई घरैबाट पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button