Tune to BFM 91.2|Biratnagar

बालिका बलात्कार गरेर फरार बनेका युवा पक्राउ

विराटनगर, २८ वैशाख । बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मोरङको मिक्लाजुङबाट आज बिहान एक जना युवालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मिक्लाजुङ गाउँपालिका–९ का २१ वर्षीय धिरेन मगर रहेका छन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार वैशाख १९ गते राति १२ बजे १४ वर्षीया दलित बालिकालाई बलात्कार गरेर मगर फरार बनेका थिए ।

राति घरमै सुतिरहेका बेला पुगेका मगरले बालिकालाई बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आफूमाथि बलात्कार हुन थालेपछि बालिकाले होहल्ला गरेको र मगर त्यहीँबाट फरार बनेको राईले बताउनु भयो ।

उहाँका अनुसार फरार रहेका मगरलाई मधुमल्लाबाट पक्राउ गरिएको हो । बालिकाको उपचार र स्वास्थ्य परीक्षण विराटनगरको कोसी अस्पतालमा गरिएको थियो । परीक्षण रिपोर्टले बालिका बलात्कृत भएको देखाएको डीएसपी राईले बताउनु भयो । पक्राउ परेका मगर विरुद्ध जवरजस्ती करणी मुद्दा चलाउन अनुसन्धान थालिएको उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button